दफा ६८क
मुद्दा हेर्ने अधिकार
: (१) दफा ४३, ४४, ४५, ४७क, ५१, ५२, ५३, ५५, ५६, ५७, ५९, ६० र ६१क बमोजिम सजाय हुने कसूरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित क्षेत्रीय निर्देशकलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिमको मुद्दा हेर्ने अधिकारीलाई जिल्ला अदालतलाई भए सरहको अधिकार हुनेछ ।
(३) उपदफा (१) बमोजिम क्षेत्रीय निर्देशकले गरेको निर्णय उपर सम्बन्धित उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।
(४) जिल्ला अदालतले आफू समक्ष दायर भएको हुलाक अपराध सम्बन्धी मुद्दाको कारवाही गर्दा सो मुद्दाको रोहबाट सम्बन्धित अभियुक्तले उपदफा (१) मा उल्लेखित दफाहरुसँग सम्बन्धित कुनै कसूर समेत गरेको देखिएमा जिल्ला अदालतले त्यस्तो कसूर सम्बन्धी मुद्दामा समेत कारवाही र किनारा गर्न सक्नेछ ।
(५) हुलाक अपराध सम्बन्धमा तहकिकात गर्दा एकै व्यक्तिले एकभन्दा बढी कसूर गरेको वा एउटै हुलाक वस्तुको सम्बन्धमा विभिन्न व्यक्तिले छुट्टाछुट्टै कसूर गरेकोमा त्यस्ता कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार बेग्लाबेग्लै क्षेत्रीय निर्देशकको अधिकार क्षेत्रभित्र पर्ने रहेछ भने त्यस्ता कसूरहरु सम्बन्धी मुद्दाको कारवाही र किनारा गर्ने अधिकार त्यस्तो हुलाक वस्तु डेलिभरी दिने हुलाक अड्डा रहेको क्षेत्रको क्षेत्रीय निर्देशकलाई हुनेछ ।
(६) एकै व्यक्तिले गरेको हुलाक अपराधी सम्बन्धी विभिन्न कसूरहरु वा विभिन्न व्यक्तिहरुले एउटै हुलाक वस्तु सम्बन्धमा गरेको विभिन्न कसूरहरुमध्ये कुनै कसूरसम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्रीय निर्देशकको अधिकारक्षेत्र भित्र र कुनै कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार जिल्ला अदालतको अधिकारक्षेत्र भित्र पर्ने रहेछ भने त्यस्तो कसूरहरु सम्बन्धी मुद्दा हेर्ने अधिकार त्यस्तो हुलाक वस्तु डेलिभरी हुने जिल्लाको जिल्ला अदालतलाई हुनेछ ।